सत्ताबाट हटेको 14 दिनपछि सार्वजनिक रूपमा देखिए केपी ओली
सत्ताबाट हटेको 14 दिनपछि सार्वजनिक रूपमा देखिए केपी ओली


काठमाडौं, 24 सेप्टेम्बर (हि.स.)। सत्ताबाट हटेको 14 दिनपछि अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार आफ्ना समर्थक र कार्यकर्ताहरूबीच देखिए।

भक्तपुरमा किरायाको घरमा बसिरहेका ओली केही समर्थक र कार्यकर्ताहरूमाझ आएर सिंहदरबारमा आगलागीको घटनालाई घुसपैठीहरूको षडयन्त्र बताए। उनले भने, आफ्नो देशसॅंग प्रेम गर्ने र आफ्नो इतिहाससॅंग प्रेम गर्नेहरूले कहिले पनि सिंहदरबारमा आगो लगाउन सक्दैनन्।

काठमाडौंका मेयर बालेन शाहलाई निशाना लगाउॅंदै ओलीले भने, केही दिन अघि कसैले सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए। यस कारण यो आक्रमण गरिएको हो।

जेन जीको प्रदर्शनमाथि कटाक्ष गर्दै ओलीले भने, नेपाल एक बद्नाम देश बनेको छ। धेरै देशहरूले वीजी दिन बन्द गरेका छन्। काम दिन बन्द गरेका छन्। उनले यस परिस्थितिबाट हामीले देशलाई बचाउनु छ भने।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande