नयॉं दिल्ली, 25 सेप्टेम्बर (हि.स.)। सेवा पर्व 2025 को अवसरमा केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले बिहिवार असोला भट्टी वाइल्डलाइफ सेञ्चुरीमा बिरुवा लगाए। बिरुवा रोपण कार्यक्रम राष्ट्रिय अभियान ‘एक पेड़ माँ के नाम’ को एक भाग रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरू, केन्द्रिय मन्त्रालयका वरिष्ठ अधिकारीहरू, दिल्ली सरकारको राज्य वन विभागका प्रतिनिधिहरू र असोला भट्टीमा तैनात 132 ईको टास्क फोर्स राजपूत रेजिमेन्टका जवानहरूले उत्साहपूर्वक भाग लिए।
यस अवसरमा भूपेन्द्र यादवले उपस्थित विद्यार्थीहरू र ईटीएफ कर्मीहरूलाई सम्बोधित गर्दै भने, प्रकृतिको संरक्षण गर्न र समाजमा पर्यावरण सुरक्षालाई सामूहिक आन्दोलन बनाउने आवश्यकता छ। सबैले यस आन्दोलनमा आफ्नो सहभागिता सुनिश्चित गर्नु पर्नेछ। यस अवरमा मन्त्रालय र राज्य सरकारका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
कार्यक्रमको समापन सामुदायिक स्तरमा पर्यावरण संरक्षणका गतिविधिहरू जारी राख्ने प्रतिबद्धताका साथ भयो। ‘एक पेड़ माँ के नाम’ पहलमा जोड दिॅंदै नागरिकहरूलाई आफ्ना आमाहरूको सम्मानमा रुख रोप्न र त्यसको हेरचाह गर्न प्रेरित गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी