चण्डीगढ़, 25 सेप्टेम्बर (हि.स.)। पण्डित दीनदयाल उपाध्यायको जन्यतीमा स्वच्छता पखवाड़ा अन्तर्गत केन्द्रिय आवास एवं शहरी विकास मन्त्री मनोहर लालले यहाँको किरण थिएटर निकट सेक्टर-22 मार्केटमा श्रमदान गरे। यस अवसरमा ‘एक दिन, एक घण्टा, एक साथ’ पहल अन्तर्गत देशभरिमा केन्द्रिय मन्त्रीहरू, राज्यहरूका अधिकारीहरू र आम नागरिकहरूको सहभागिताको साथ अभियान चलाइय़ो।
मन्त्री मनोहर लालले एक्समा लेखेका छन्, पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत संकल्पलाई अगाड़ी बढ़ाउँदै चण्डीगढ़ स्थित सेक्टर-22 को मार्केटमा श्रमदान गर्ने अवसर प्राप्त भयो। एक दशक अगाड़ी लाल किल्लाको प्राचीरबाट प्रधानमन्त्रीद्वारा गरिएको स्वच्छ भारत अभियानको जयघोष आज एक सफल जन आन्दोलन बनिसकेको छ। उनले मानिसहरूसित आह्वान गरे कि स्वच्छता केवल एक दिनको संकल्प नभएर यसलाई जीवनको दिनचर्याको हिस्सा बनाउनुपर्छ।
उनले भने, स्वच्छता अपनाएर हामी एक उज्जवल, स्वच्छ, स्वस्थ र समृद्ध राष्ट्रको निर्माणमा योगदान दिनसक्छौं।
हिन्दुस्थान समाचार / भवानी थामी