नयाँ दिल्ली, 25 सेप्टेम्बर (हि.स.)। निर्वाचन आय़ोगले चुनाउ सुधारहरूको श्रृंखलामा एक नयाँ नियम तय गरेको छ। यस अन्तर्गत अब मतगणनामा डाकमत पत्रहरूको गणना पूरा भएपछि मात्र ईवीएमको अन्तिम दुई चरणको गणना गरिनेछ।
अधिक संख्यामा डाकमत पत्र प्राप्त हुँदा त्यसको गणना समयमै हुनसकोस् यसको निम्ति पर्याप्त संख्यामा गणना अधिकारी उपस्थित रहोस् यो सुनिश्चित गर्नु निर्वाचन अधिकारीको निम्ति आवश्यक हुनेछ।
चुनाउ आयोगले बिहिवार एक बयानमा यसको जानकारी दियो। मुख्य चुनाउ आय़ुक्त ज्ञानेश कुमार नेतृत्व चुनाउ आय़ोगको यस वर्ष गरिएको यो यस्तो 30औं पहल हो, जसबाट मतदान प्रक्रिया सुगम र सरल हुनसकोस्। हालमा चुनाउ आय़ोगले वृद्ध मतदाताहरूका लागि मत पत्रहरूको माध्यमले घरबाटै भोटिङको सुविधा शुरू गरेको छ, यसबाट पनि मतपत्रहरूको संख्या लगातार बढ़िरहेको छ।
चुनाउमा मतगणनाको दिन डाकमत पत्रको गणना बिहान 8 बजी एवं ईवीएमबाट हुने गणना 8:30 बजी शुरू हुन्थ्यो। धेरै पल्ट यस्तो पनि हुन्थ्यो कि ईवीएमबाट गणना पूरा हुन्थ्यो र डाकमत पत्रहरूबाट गणना जारी रहन्थ्यो। यस स्थितिलाई ठीक पार्न आय़ोगले आज यो फसेला गरेको हो।
हिन्दुस्थान समाचार / भवानी थामी