जेपी नड्डा र जाधवले राष्ट्रव्यापी स्वैच्छिक स्वच्छता अभियानको लागि आह्वान गरे
जेपी नड्डा र जाधवले राष्ट्रव्यापी स्वैच्छिक स्वच्छता अभियानको लागि आह्वान गरे


नयॉं दिल्ली, 25 सेप्टेम्बर (हि.स.)। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले आज राष्ट्रव्यापी स्वैच्छिक स्वच्छता अभियान 'एक दिन, एक घंटा, एक साथ' अन्तर्गत निर्माण भवन र विदेश मन्त्रालय भवन छेउछाउ सफाई अभियान आयोजन गऱ्यो। यस अवसरमा केन्द्रिय स्वास्थ्यमन्त्री जेपी नड्डा, राज्यमन्त्री प्रतापराव जाधवले श्रमदान गरेर सड़कके सफाई गरे। अभियानमा मन्त्रालयका अधिकारीहरू र कर्मचारीहरूले पनि भाग लिए।

यस अभियानपछि एक्समा नड्डाले फोटोहरू साझा गर्दै भने, 'पण्डित दीनदयाल उपाध्याय जयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा सेवा पखवाडा अन्तगर्गत स्वच्छता नै सेवा 2025 अभियानमा भाग लिए। प्रधानमन्त्रीले प्रत्येक नागरिकलाइ यस अभियानमा सक्रिय रूपमा भाग लिन र सबैको लागि एक स्वच्छ, स्वस्थ अनि हरित भारत बनाउनमा योगदानको लागि आग्रह गरेका छन्।'

उल्लेखनीय छ, यो पहल स्वच्छता नै सेवा अभियानको एक हिस्सा हो। यसको उद्देश्य स्वच्छ र स्वस्थ भारतको लागि सामुदायिक सहभागिता र नागरिक कारबाहीलाई प्रोत्साहित गर्नु रहेको छ। मन्त्रालयका सबै प्रभाग र अनुभागका कर्मचारीहरूले यस अभियानमा सक्रिय रूपमा भाग लिए र राष्ट्रव्यापी अभियानको भावनामा योगदान दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande