पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा प्रधानमन्त्रीले गरे स्वच्छताको आह्वान
पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा प्रधानमन्त्रीले गरे स्वच्छताको आह्वान


नयॉं दिल्ली, 25 सेप्टेम्बर (हि.स.)। प्रख्यात राष्ट्रवादी विचारक-चिन्तक र अन्त्योदयका आधार पुरुष पण्डित दीनदयाल उपाध्यायको जयन्ती पर भारतीय जनता पार्टी (भाजपा) मुख्यालय (6ए, दीनदयाल उपाध्याय मार्ग, नई दिल्ली) मा आज विभिन्न कार्यक्रम प्रस्तावित छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीहरूलाई स्वच्छता अभियानमा सहभागी बन्न आह्वान गरेका छन्।

पण्डितजीको जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री मोदीले देशवासीहरूलाई स्वच्छता अभियानमा सहभागी बन्न आह्वान गरेका छन्। उनले 23 सेप्टेम्बरको आफ्नो एक्स पोस्टमा स्वच्छता नै सेवा अभियानको सराहना गर्दै भने, पूज्य महात्मा गॉंधीजीले देखाएको स्वच्छताको बाटो पहिल्याउॅंदै हामी सबै पण्डित दीनदयाल उपाध्यायको जन्मदिवसमा स्वच्छताको लागि श्रमदान गरौं।' स्वच्छता नै सेवा अभियानको यस पोस्टमा सबैलाई बिहान आठ बजीदेखि एक घण्टा समय दिन आग्रह गरिएको छ।

भाजपाको एक्स ह्यान्डल अनुसार, केन्द्रिय गृह एवं सहकारितामन्त्री अमित शाहले आज बिहान भाजपा मुख्यालयमा पण्डित दीनदयाल उपाध्यायको पुण्य स्मरण गर्दै उनको प्रतिमामा माल्यार्पण गर्नेछन् र समाजमा उनको योगदानमाथि चर्चा गर्नेछन्। साथै भाजपाका राष्ट्रिय अध्यक्ष र केन्द्रियमन्त्री जेपी नड्डाले पनि पण्डितजीको प्रतिमामा माल्यार्पण गरेर उनको स्मृतिमा पौधारोपण गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande