गौतमबुद्धनगर, 25 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशका उद्योगहरूलाई वैश्विक मञ्च प्रदान गर्न यूपी इन्टरनेशनल ट्रेड शो 2025 बिहिवारदेखि शुरू भयो। आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रेड शोको उद्घाटन गरे। उद्यमीहरूलाई सम्बोधन गर्नुका साथै प्रधानमन्त्रीले विभिन्न स्टलहरूको भ्रमण गरे।
मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्रीलाई स्वागत जनाए। उनले प्रधानमन्त्रीलाई फिरोजाबादका शिल्पकारहरूद्वारा निर्मित दुर्गा माताको शिशाको प्रतिमा भेट गरे।
एक्सपो मार्टका 10 हलमा यो प्रदर्शनी चलिरहेको छ। लगभग 2500 कम्पनीहरूले यहॉं आफ्ना सेवाहरूसॅंग सम्बन्धित स्टल लगाएका छन् र प्रदर्शित गरिरहेका छन्। ट्रेड शोमा देश विदेशबाट भारी संख्यामा खरिददारहरू आइरहेका छन्। उद्घाटनको क्रममा सांसद डा. महेश शर्मा, मन्त्री नन्द गोपाल नन्दी, राकेश सचिनसहित उत्तर प्रदेशका मन्त्रीगण र वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
पुलिस आयुक्त लक्ष्मी सिंहले भनिन्, सुरक्षाको कडा व्यवस्था गरिएको छ। लगभग 5 हजार पुलिस कर्मी तैनात गरिएका छन् र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको छ। आज विशिष्ट अतिथिहरूको आगमनलाई ध्यानमा राख्दै ड्रोन, बेलुन, रिमोट सञ्चालित माइक्रोलाइट एयरक्राफ्ट र प्याराग्लाइडर आदि उडाउन 24 घण्टासम्म प्रतिबन्ध लगाइएको छ। यो निषेधाज्ञा बुधवार मध्य रातिदेखि बिहिवार राति 12 बजीसम्म जारी रहनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी