एशिया कप 2025: पाकिस्तानले बांग्लादेशलाई 11 रनले हरायो, फाइनलमा पाकिस्तान र टीम इण्डियाको भिडन्त
एशिया कप 2025: पाकिस्तानले बांग्लादेशलाई 11 रनले हरायो, फाइनलमा पाकिस्तान र टीम इण्डियाको भिडन्त


दुबई, 26 सेप्टेम्बर (हि.स.)। एशिया कप 2025 को सुपर 4 स्पर्धामा पाकिस्तानले बांग्लादेशलाई 11 रनले हराएर फाइनलमा आफ्नो स्थान पक्का गरेको छ। बिहिवार दुबई अन्तरराष्ट्रिय स्टेडियममा खेलिएको यस स्पर्धामा पाकिस्तान पाकिस्तानले पहिला ब्याटिङ गर्दै 20 ओभरमा 8 विकेट गुमाएर 135 रन बनाए। जवाफमा बांग्लादेशको टीमले निर्धारित ओभरमा 9 विकेट गुमाएर केवल 124 रन बनाउन सक्षम बन्यो।

पाकिस्तानको सुरुवात खराब रह्यो र 49 रनमा पाँच विकेट गुमाए। त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानहरूले पुनरागमन गरे। मोहम्मद हरिसले 31, मोहम्मद नवाजले 25 र शाहीन शाह अफ्रिदीले 13 बलमा 19 रन बनाए। फहीम अशरफले पनि 14 रन बनाएर टीमलाई 135 रन बनाउन मद्दत गरे।

बांग्लादेशको तर्फबाट तस्कीन अहमदले 3 विकेट लिए, रिशाद हुसैन र महेदी हसनले 2-2 विकेट आफ्नो नाम गरे। 136 रनको लक्ष्यलाई डिफेन्ड गर्दै पाकिस्तानले राम्रो शुरुवात गऱ्यो। पाकिस्तानका शाहीन शाह अफरीदी, हारिस रउफ र स्याम आयुबले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण विकेट लिए। एशिया कप 2025 को फाइनलमा अब पाकिस्तान र टीम इण्डियाको 28 सेप्टेम्बरमा भिडन्त हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande