मुब्रा पुलिस थाना सहायक उपनिरीक्षक घूस लिँदै गर्दा समातिए
मुब्रा पुलिस थाना सहायक उपनिरीक्षक घूस लिँदै गर्दा समातिए


मुम्बई, 27 सितम्बर ( हि. स.)। ठाणे मनपा क्षेत्रमा मुम्ब्रा पुलिस स्टेशनमा कार्यरत सहायक पुलिस उपनिरीक्षक 49 वर्षीय शशिकान्त लक्ष्मण भालेरावलाई गए 26 सेप्टेम्बर, 2025-को अपरान्ह 1.15 बजे मुब्रा पुलिस स्टेशनको रायटर रूममा सिकायतकर्ताबाट 25 हजार रुपियाँ घूस लिँदै गर्दा ठाणे एन्टी करप्शन ब्यूरोका पुलिस निरीक्षक सन्तोष नवलगीको टीमले ठाउँबाटै पक्राउ गरेको छ। लगभग दुई घण्टापछि मुब्रा पुलिस स्टेशनमा अपरान्ह 3 बजे ठाणे ब्यूरोको तर्फबाट भालेरावविरूद्ध मामिला दर्ता गरियो।

ठाणे ब्यूरोद्वारा आज बताइएको छ, मुब्रा पुलिस स्टेशनमा सहायक पुलिस उपनिरीक्षक शशिकान्त लक्ष्मण भालेरावले सिकायतकर्ताविरूद्ध दर्ता मामिलामा कारबाहीदेखि बच्नको लागि 50 हजार रुपियाँको माग गरेका थिए। सिकायतकर्ताले यस सम्बन्धमा गत 25 सेप्टेम्बरको दिन ठाणे एन्टी करप्शन ब्यूरोलाई अवगत गराएका थिए। ब्यूरोले आफ्नो अनुसन्धानमा यसलाई सही पाएको थियो। यसबीच सहायक पुलिस उपनिरीक्षक (एपी एसआई)- लाई शशिकान्त लक्ष्मण भालेरावले मागिएको घूसको राशिलाई घटाएर 25 हजार रुपियाँ बनाइदिएका थिए। यसै क्रममा गए 26 सेप्टेम्बरको दिन सिकायतकर्ताबाट मुब्रा पुलिस स्टेशनका सहायक पुलिस उपनिरीक्षक शशिकान्त लक्ष्मण भालेरावले अपरान्ह सवा एक बजे मुब्रा पुलिस स्टेशनको रायटर कक्षमा 25 हजार रुपियाँ घूसको राशिलाई स्वीकार गरिरहेका थिए। यत्ति नै बेला ठाणे ब्यूरोद्वारा तिनलाई हिरासतमा लिइयो। यो कारबाही ठाणे ब्यूरोका पुलिस अधीक्षक शिवराज पाटिलको मार्गदर्शनमा गरिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande