उपमेयरले गरे स्वच्छता प्रीमियर लीग टी-20 को शुभारम्भ
उपमेयरले गरे स्वच्छता प्रीमियर लीग टी-20 को शुभारम्भ


नयाँ दिल्ली, 27 सेप्टेम्बर (हि.स.)। दिल्लीका उपमेयर जय भगवान यादवले शनिवार दिल्ली नगरनिगमद्वारा आयोजित स्वच्छता प्रीमियर लीग टी-20 को शुभारम्भ खेड़ा गाउँस्थित हरिकिशन क्रिकेट ग्राउण्डमा गरे।

यस अवसरमा उपमेयर जय भगवान यादवले खेलाड़ी तथा दर्शकहरूलाई सम्बोधन गर्दै भने, “स्वच्छता प्रीमियर लीग खेलको मञ्च मात्र नभएर यो समाजलाई स्वच्छता तथा एकताको सन्देश दिने प्रेरक आयोजन हो। यस प्रकारका प्रतियोगिताहरूले युवाहरूमा खेल भावनालाई प्रेरित गर्दछ अनि उनीहरूलाई सकारात्मक दिशा प्रदान गर्दछ।”

उपमेयरले बताए, यस प्रीमियर लीगमा दिल्ली नगरनिगमका 13 वटा टीमले भाग लिरहेका छन् जसले आगामी दिनमा दर्शकहरूलाई मनोरञ्जन दिँदै आफ्नो खेल कौशललाई प्रदर्शन गर्नेछन्। उद्घाटनको अवसरमा व्यापक रूपमा दर्शकहरू उपस्थित थिए जसले खेलाड़ीहरूलाई उत्साह प्रदान गरे।

उनले कार्यक्रमको सफल आयोजनको लागि विशेष सहयोग प्रदान गरेकोमा डीसी सन्तोष रायप्रति हार्दिक आभार व्यक्त गरे। साथै स्थानीय पार्षद मिनु र अन्य व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande