बलरामपुर, 27 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को बलरामपुर-रामानुजगञ्ज जिल्लामा झोलाछाप डाक्टरहरूको आतंक व्याप्त छ। यहाँ तपाईहरूले आश्चर्यका डाक्टरहरूलाई देख्नु हुनेछ जुन डाक्टरहरूलाई तपाईले आफ्नो जीवनमा कहिल्यै देख्नु भएको छैन होला। यहाँ औषधि-उपचार गर्नअघि झारफुक गरिन्छ। झारफुकले निको भएन भने इन्जेक्शन लगाइन्छ। एउटा इन्जेक्शन पाँच सय रुपियाँभन्दा अधिकमा किन्नुपर्छ जसले गरीबहरूमाथि अझ आर्थिक बोझ बढ़ाउँछ।
यस्ता जाली डाक्टरहरूको कारणले धेरैजना मानिसहरूको ज्यान पनि जानसक्छ। केही दिन अगाड़ि मात्र एकजना मेडिकल संचालकको हातबाट एकजना अबोध बालको मृत्यु भएपछि स्वास्थ्य विभागले यस्ता झोलाछाप डाक्टरहरूमाथि लगाम लगाउने अभियान शुरू गरेको छ। विभागले सक्रिय कारबाही गर्दै सबै मेडिकल स्टोर्स इत्यादिको जाँच गरिरहेको छ।
बलरामपुर जिल्लाका सीएमएचओले हिन्दुस्थान समाचारलाई बताए, जिल्लाका सबै 6 वटै अनुभागहरूका बीएमओलाई आदेश दिइएको छ ताकि झोलाछाप डाक्टरहरूमाथि कड़ा कारबाही गर्न सकियोस्। उनले भने, क्लीनिक र मेडिकल स्टोर्सको जाँच गरिनेछ। जाँचमा दोषी पाइए सम्बन्धित व्यक्तिविरूद्ध कठोर कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा