बोनसको मागमा श्रमिकहरूको व्यापक प्रदर्शन, 20 घण्टादेखि सड़क जाम
बोनसको मागमा श्रमिकहरूको व्यापक प्रदर्शन, 20 घण्टादेखि सड़क जाम


जलपाईगुड़ी, 27 सेप्टेम्बर (हि.स)। नागेश्वरी चिया बगानका श्रमिकहरूले शनिवारसम्म पनि बोनस पाएका छैनन्। श्रमिकहरूले 20 प्रतिशत बोनसको मागलाई लिएर चालसा-मेटेली राज्य राजमार्गको आइवील मोड़मा बितेको 20 घण्टाभन्दा अधिक समयदेखिको सड़क जाम गरेर बसेका छन्। यसबीच जामले गर्दा सड़कका दुवै तर्फ वाहनहरू फसेका छन्। मेटेली थानाबाट ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ।

वास्तवमा नागेश्वरी चिया बगानका श्रमिकहरू गए शुक्रवार 20 प्रतिशत बोनसको मागमा हात-हातमा राष्ट्रिय झण्डा बोकेर चालसा तर्फ अगाड़ि बढ़िरहेका थिए। पुलिसले आइवील मोड़मा ब्यारिकेटिंग गरेर श्रमिकहरूलाई रोक्यो। त्यसपछि श्रमिकहरू सड़क जाम गरेर बसे। यस दिन सांसद मनोज तिग्गा र नागराकाटा विधानसभाका विधायक पुनाभेंगराव पनि श्रमिकहरूसितै प्रदर्शनमा सामेल भए। यस अवधि किलकोट चिया बगानका प्रबन्धकले राती प्रदर्शनकारी श्रमिकहरूसित वार्ता गरे, तर वार्ताले कुनै निचोड़ निकाल्न सकेन।

उल्लेखनीय छ, गत 20 सेप्टेम्बरको दिन बगान अधिकारीहरूले घोषणा गरेका थिए, उनीहरूले पूजा अगावै 10 प्रतिशत, 31 दिसम्बरसम्ममा रहल 5 प्रतिशत अनि 5 प्रतिशत फगुवा उत्सवमा बोनस दिनेछन्। तर श्रमिकहरू यसरी बोनस लिन राजी भएनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande