बरेली, 27 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको बरेली जिल्लामा जुमेको नमाज पश्चात शहरमा भएको विवादलाई लिएर अल इण्डिया मुस्लिम जमातका राष्ट्रिय अध्यक्ष मौलाना शहाबुद्दीन रजवी बरेलवीले शनिवार शहरमा शान्ति कायम राख्ने अपील गरेका छन्।उनले भने, पैगम्बरे इस्लामसित माया गर्ने सही शैली उनले बताएका कुराहरूलाई पालन गर्नु हो, सड़कमा खैलाबैला र हुलदंगा गर्नु होइन।
मौलाना रजवीले भने, पैगम्बर-ए-इस्लामले सदैव मानवतालाई शान्ति अनि प्रेमको सन्देश दिए। उनले आफ्ना अनुयायीहरूसित पनि विवाद उत्पन्न भएको स्थितिमा सम्झौताको मार्गलाई अप्नाए। त्यसैले उनको नाममा सड़कमा कोकोहोलो मचाउनु, बबाल गर्नु, झड़प तथा विवाद उत्पन्न गर्नु उनको शिक्षाको विरोधमा छ। उनले स्पष्ट रूपमा भने, यसप्रकारको गतिविधिले समाजमा घृण मात्र फैलाउँदैन, कानून-व्यवस्थालाई पनि चुनौती दिन्छ।
उनले मानिसहरूसित अपील गरे, शहरको परिवेश खलबलाउने कुनै पनि गतिविधिदेखि बच्नुहोस् तथा कानूनलाई आफ्नो हातमा लिने चेष्टा नगर्नुहोस्। पैगम्बर-ए-इस्लामको प्रेमको साँचो जाहेरी त्यसबेला मात्र हुनेछ जतिबेला उनले बताएको मार्गमा हामी हिँड़्नेछौं र शान्तिको सन्देशलाई मानिसहरूसम्म पुऱ्याउनेछौं। मौलानाले भने, मुसलमानहरूले समाजमा भाइचारा, प्रेमको सन्देश दिउन् ताकि शहरको गंगा-यमुनाको परम्परा कायम रहन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा