पश्चिम मेदिनीपुर, 27 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना क्षेत्रमा शनिवार बिहान एक सड़क दुर्घटनामा खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्गमा पोल्ट्रीको कुखुरा लादिएको एउटा पिकअप भ्यान र एउटा लरी आपस्तमा ठोक्कियो। यस दुर्घटनामा दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए।
प्रत्यक्षदर्शीहरू अनुसार द्रूत गतिमा आइरहेको पिकअप भ्यान अचानक अनियन्त्रित भएर विपरीत दिशाबाट आइरहेको लरीसित ठोक्कियो। ठक्कर भयानक थियो जसमा पिकअप पूर्ण रूपमा क्षतिग्रस्त भयो भने त्यसमा सवार दुईजना मानिसहरू घाइते भए। स्थानीय मानिसहरूले दुवै घाइतेलाई कड़ा परिश्रम गरेर पिकअपबाट बाहिर निकाले।
सूचना पाएर दाँतन थाना पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई तुरून्त खड़गपुर महकुमा अस्पतालमा भर्ती गरायो। पुलिसले दुर्घटनाग्रस्त दुवै वाहनलाई कब्जामा लिएर जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा