ब्रिटिशकालीन विश्वविद्यालयमा स्थापना गरियो विद्यासागर तथा गुरूदेवको प्रतिमा
ब्रिटिशकालीन विश्वविद्यालयमा स्थापना गरियो विद्यासागर तथा गुरूदेवको प्रतिमा


पश्चिम मिदनापुर, 27 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशीयारीमा स्वतन्त्रतापूर्व 1944 सालमा ब्रिटिश शासनकाल अवधि शिक्षा प्रसारको उदेश्यले स्थापित फाँदाड़ जे.एन.यू. प्राथमिक पाठशालामा दुई महान विभूतिहरूको सालििग स्थापना गरियो। विद्यालय प्रांगणमा पण्डित ईश्वरचन्द्र विद्यासागर तथा कविगुरू रवीन्द्रनाथ ठाकुरको सालिग अनावरण भयो।

यस कार्यक्रममा फांदाड़ गदाधर विद्यापीठका सेवानिवृत्त शिक्षक भानु कुमार देले विद्यासागरको सालिग विद्यालयलाई दान दिए भने सम्पूर्ण विद्यालयको पक्षबाट कविगुरू रवीन्द्रनाथ ठाकुरको प्रतिमा स्थापना गरियो।

यस अवसरमा केशियाड़ीका बीडीओ हितांशु हालदार, चिकित्सक अंशुमान मिश्र, विद्यालयकी प्रधानाध्यापिका सीता हेम्ब्रम, शिक्षक प्रवीर कुमार भट्टचार्य, बन्दना साउ औ रासबिहारी दास उपस्थित थिए।

शिक्षक प्रवीर कुमार भट्टचार्यले भने, लामो समयदेखिकै विद्यालयमा दुवै महापुरूषहरूको मूर्ति स्थापना गर्ने इच्छा थियो, आज त्यो सपना साकार भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande