नयाॅं दिल्ली, २८ सेप्टेम्बर। एशिया कप क्रिकेट २०२५ को फाइनलमा आज भारत र पाकिस्तान मुखामुखी हुनेछन्। दुबई अन्तरराष्ट्रिय स्टेडियममा हुने यो ऐतिहासिक भिडन्त भारतीय समयअनुसार राति ८ बजे सुरु हुनेछ। एशिया कपको ४१ वर्षे इतिहासमा पहिलोपटक यी दुई टोली फाइनलमा भिड्न लागेका हुन्।
टुर्नामेन्टमा यसअघि भएका दुई खेलमा भारतले पाकिस्तानलाई हराइसकेको छ। तर, केही भारतीय खेलाडीको चोटका कारण टोलीमा आंशिक परिवर्तन हुन सक्ने अनुमान गरिएको छ। पाकिस्तानले भने पुरानै संयोजनमा खेल्ने सम्भावना बढी छ।
सम्भावित प्लेइङ ११:
भारत: सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, संजू स्यामसन (विकेटकिपर), तिलक वर्मा, शिवम दुबे, अक्षर पटेल, जसप्रीत बुम्राह, हार्दिक पाण्ड्या/अर्शदीप सिंह, वरुण चक्रवर्ती, कुलदीप यादव।
पाकिस्तान: सलमान आगा (कप्तान), मोहम्मद हारिस (विकेटकिपर), साहिबजादा फरहान, फखर जमां, सैम अयूब, हुसैन तलत, मोहम्मद नवाज, फहीम अशरफ, शाहीन अफरीदी, हारिस रऊफ, अबरार अहमद।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी