- इन्दौरमा आज राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण समारोहमा मुख्यमन्त्री डा. यादवले विभूषित गर्ने
इन्दौर, २८ सेप्टेम्बर (हि.स.)। मध्य प्रदेशमा संस्कृति विभागले जिल्ला प्रशासनको सहयोगमा इन्दौरमा आयोजना गरेको दुई दिने राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण एवं सङ्गीत संध्या को मुख्य कार्यक्रम आज आइतवार साँझ इन्दौरको भीआइपी परस्पर नगरस्थित लता मंगेशकर सभागृहमा हुनेछ। कार्यक्रममा मुख्यमन्त्री डा. मोहन यादव मुख्य अतिथिको रूपमा सहभागी हुनेछन्। समारोहमा सन् २०२४ का लागि प्रसिद्ध सङ्गीत निर्देशक शंकर-एहसान-लय, मुम्बई तथा सन् २०२५ का लागि सुविख्यात पार्श्व गायक सोनु निगम, मुम्बईलाई राष्ट्रिय लता मंगेशकर सम्मानद्वारा विभूषित गरिनेछ।
यसअघि शनिबार साँझ इन्दौर संभागायुक्त डा. सुदाम खाडेले उक्त दुई दिने समारोहको उद्घाटन गरेका थिए। पहिलो दिन अमर लता हाम्री लता… सुगम-सङ्गीत संध्या नामक कार्यक्रममा स्थानीय कलाकार सृष्टि जगताप, निष्ठा कंडारा, शुभ्रा अग्निहोत्री, मानसी पाण्डे, साना जैन, गुरुषा दुबे, स्वरांश पाठक, कार्तिक जोशी, अपर्णा सेन, सनाया दहाले, मोना ठाकुर र हर्षद शेंवगांवकर लगायतका कलाकारहरूले गीत-सङ्गीतको प्रस्तुति दिएका थिए।
समारोहको दोस्रो दिन अर्थात् आज साँझ ७ बजेदेखि सुर सम्राज्ञी लता मंगेशकरको जन्मजयन्तीको अवसरमा आयोजित मुख्य कार्यक्रममा सन् २०२४ का लागि उक्त सम्मान प्रसिद्ध सङ्गीत निर्देशक शंकर-एहसान-लयलाई प्रदान गरिनेछ। सन् २०२५ का लागि पार्श्व गायनको क्षेत्रमा यो सम्मान सुप्रतिष्ठित पार्श्व गायक सोनु निगमलाई दिइनेछ।
उल्लेखनीय छ, मध्य प्रदेशको संस्कृति विभागद्वारा स्थापित राष्ट्रिय लता मंगेशकर अलंकरण एक वर्ष सङ्गीत निर्देशन तथा अर्को वर्ष पार्श्व गायनको क्षेत्रमा प्रदान गरिन्छ। अलंकरणपछि सङ्गीत संध्या आयोजना हुनेछ, जसमा पार्श्व गायक अंकित तिवारी तथा उनको टोलीले प्रस्तुति दिनेछन
---------------
हिन्दुस्थान समाचार / भवानी थामी