गान्तोक, 28 सेप्टेम्बर (हि.स.)।हिमाचल प्रदेशमा २२ देखि २६ सेप्टेम्बरसम्म सम्पन्न जुनियर नेशनल किकबक्सिङ च्याम्पियनसिप २०२५ मा सिक्किम एशोसिएशन अफ किकबक्सिङ अर्गनाइजेशन (साको) का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। १३ जना सहभागी खेलाडीमध्ये ८ जनाले पदक हात पारे, जसमा ५ स्वर्ण, १ रजत र २ कांस्य पदक समावेश छन्।
पदक विजेता:
सृजना सुब्बा – के1 -60 केजी – स्वर्ण
प्रियांका सुब्बा – एलके-44 केजी – स्वर्ण
मेनुका शर्मा – एलके-48 केजी– स्वर्ण
नेहा गुरुङ – एलसी/केएल -65 केजी – २× स्वर्ण
अभिनव गुप्ता – एलके-51 केजी– रजत
मनिषा छेत्री – एलके-60 केजी– कांस्य
एञ्जल सुब्बा – केएल -60 केजी– कांस्य
साकोले यी युवा च्याम्पियनहरूको समर्पण र जुझारूपनको प्रशंसा गरेको छ। खेलाडी र प्रशिक्षक दुवैको अथक प्रयासले यो उपलब्धि सम्भव भएको हो, जसमा प्रशिक्षक गोपाल सुब्बा र राहुल शर्माको मार्गदर्शन विशेष उल्लेखनीय रहको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल