पद्मश्री द्रौपदी घिमिरे सिक्किम युवा कल्याण संघकी सल्लाहकारमा नियुक्त
Draupadi ghimirey


गान्तोक, 28 सेप्टेम्बर (हि.स.)। सिक्किम युवा कल्याण संघ (एसवाईडब्ल्यूए) ले प्रसिद्ध समाजसेवी तथा पद्मश्री सम्मान प्राप्त द्रौपदी घिमिरेले संस्थाको सल्लाहकारको भूमिका स्वीकार गरेकोमा खुशी प्रकट गरेको छ।

एसवाईडब्ल्यूएका संस्थापक रविन राई अनुसार, द्रौपदी घिमिरे सिक्किम विकलाङ्ग सहायता समितिकी संस्थापक हुन्, जसले अपांगता भएका व्यक्तिहरूलाई समग्र सहयोग पुर्‍याउने उदेश्यसहित निरन्तर कार्य गरिरहेको छ। उहाँको नेतृत्वमा यस संस्थाले हजारौं मानिसहरूलाई कृत्रिम खुट्टा, कृत्रिम हात उपलब्ध गराउनुका साथै ओठ-तालु चिरा भएका बालबालिकाहरूका लागि निःशुल्क शल्यक्रिया सुविधा उपलब्ध गराएको छ।

एसटीएनएम अस्पताल, गान्तोकमा नर्सको रूपमा आफ्नो करियर सुरु गरेकी घिमिरे विभिन्न प्रकारका अपांगता भएका मानिसहरूको पीडाले गहिरो रूपमा प्रभावित भई जीवनभर उनीहरूको सेवा गर्ने संकल्प लिइन्। गान्तोक निवासी घिमिरेले राज्य सरकारसहित विभिन्न संस्थाबाट निरन्तर समाजसेवाका लागि सम्मान प्राप्त गरेकी छन्। अपांगता सशक्तिकरण क्षेत्रमा उहाँको असाधारण सेवाका कारण उहाँलाई भारत सरकारद्वारा पद्मश्री सम्मान प्रदान गरिएको हो।

संस्थापक राईले उनको मार्गदर्शनमा संस्थाले आफ्ना पहलहरूलाई अझ व्यापक बनाउन, विशेष गरी युवाहरू र विपन्न वर्गलाई लक्षित गर्दै समाज कल्याणमुखी दृष्टिकोणलाई सबल बनाउन आशा गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande