अब एपीएससी प्रीलिम्स प्रश्नपत्र दुई वटा भाषामा हुनेछः मुख्यमन्त्री
अब एपीएससी प्रीलिम्स प्रश्नपत्र दुई वटा भाषामा हुनेछः मुख्यमन्त्री


गुवाहाटी, 29 सेप्टेम्बर (हि.स.): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज भने, राज्य सरकार प्रत्येक नागरिक सेवा उम्मेद्वारलाई समान अवसर उपलब्ध गराउन तथा भर्ती प्रक्रियमा कुनै पनि प्रकारको अनुचित बढ़तलाई समाप्त गर्नको लागि प्रतिबद्ध छ।

मुख्यमन्त्रीले घोषणा गरे, अब असम लोक सेवा आयोग (एपीएससी)-को संयुक्त प्रतियोगी परीक्षाको प्रारम्भिक प्रश्नपत्र अंग्रेजी र असमिया दुवै भाषामा तयार गरिनेछ। यस कदमबाट विशेष गरी विद्यार्थीहरू लाभान्वित हुनेछन् जो मुख्य रूपमा असमिया भाषामा दक्ष छन्। डा. सरमाले भने, “हाम्रो सरकार प्रत्येक नागरिक सेवा उम्मेद्वारको लागि समान अवसरयुक्त परिवेश बनाउन तथा सबै अनुचित लाभहरूलाई समाप्त गर्नको लागि प्रतिबद्ध छ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande