एमसीडीमा डीबीसी कर्मचारीहरूको हड़ताल अंकुश नारंगले दिए समाधान गर्ने आश्वासन
एमसीडीमा डीबीसी कर्मचारीहरूको हड़ताल अंकुश नारंगले दिए समाधान गर्ने आश्वासन


नयाँ दिल्ली, 29 सेप्टेम्बर (हि.स.)। दिल्लीमा मलेरिया, डेंगू औ चिकनगुनियाको बढ़्दो मामिलाबीच दिल्ली नगरनिगम (एमसीडी)-को जनस्वास्थ्य विभागका डीबीसी एवं सीएफबल्ड्यू कर्मचारीहरूले आफ्नो मागलाई लिएर सोमवार एमसीडी मुख्यालय सिभिक सेन्टर बाहिर हड़ताल गरे। कर्मचारीहरूले समान वेतन, चिकित्सा अवकाश एवं अनुकम्पा नियुक्ति जस्ता मागहरूलाई लिएर हड़ताल गरिरहेका छन्।

आम आदमी पार्टी (आआपा) -का नेता औ दिल्ली नगरनिगममा नेता प्रतिपक्ष अंकुश नारंगले हड़ताल स्थलमा पुगेर कर्मचारीहरूसित भेट गरे। उनले कर्मचारीहरूसित हड़ताललाई फिर्ता लिने आग्रह गर्दै भरोसा दिलाए, उनीहरूका समस्याहरूको चाँड़ै समाधान गरिनेछ। नारंगले भने, उनले कर्मचारीहरूको मागलाई लिएर मेयर तथा निगमायुक्तसित बातचित गरेका छन् जसले सबै मुद्दाहरूको शीघ्रसमाधान गरिदिने आश्वासन दिएका छन्। उनले भने, दिल्लीमा बढ़्दो मलेरिया, डेंगू, चिकनगुनियाका मामिलाहरूलाई मध्यनजर गर्दै कर्मचारीहरूको भूमिका महत्वपूर्ण छ, त्यसैले चाँड़ै हड़ताल समाप्त गर्न आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande