तलाउबाट युवकको शव उद्धार, हत्या भएको आंशका
तलाउबाट युवकको शव उद्धार, हत्या भएको आंशका


पूर्वी सिंहभूम, 29 सेप्टेम्बर (हि.स.)। परसुडीह थाना पुलिसले हलुदबनी डुंगरी टोला निवासी 22 वर्षीय बिसु मुर्मूको शवलाई सोमवार तलाउबाट उद्धार गरेको छ। भनिन्छ, घटना भएको तीन दिनपछि सोमवार सुन्दर नगर थाना क्षेत्रको तुरामडिहस्थित जोड़ा तलाउबाट शव भेटियो। गत 27 सेप्टेम्बरको साँझ बिसु आफ्ना साथीहरूसित मेला घुम्न गएका थिए, त्यसपछिदेखि बिसु बेपत्ता भएका थिए। अब शव भेटिएकोले सम्पूर्ण मामिलाले रहस्यमयी मोड़ लिएको छ।

सुन्दरनगर थाना प्रभारी अजीत मुण्डाले बताए, मामिलामा दुर्घटना तथा हत्या दुवै बिन्दुबाट जाँच गरिँदैछ। हाल पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। बेपत्ता भएपछि परिवारले सोही दिन परसुडिह थानामा बिसु हराएको रिपोर्ट दर्ता गराएका थिए। पुलिस जाँचमा थाहा लागे अनुसार बिसु आफ्ना साथीहरू क्रमैले दुर्गा सोरेन, दशमत टुडू र राजेश महलीसित बाइकमा मेला घुम्न गएका थिए। त्यसपछिदेखि तिनी घर फर्केनन्।

पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि मात्र मृत्युको सही कारणहरू पत्तो लाग्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande