बिल्डरको छोराले आफैमाथि गोली दागी गऱ्यो आत्महत्या, जाँचमा जुट्यो पुलिस
बिल्डरको छोराले आफैमाथि गोली दागी गऱ्यो आत्महत्या, जाँचमा जुट्यो पुलिस


बिलासपुर, 29 सेप्टेम्बर (हि.स.)। छ्त्तीसगढ़को बिलासपुर जिल्लामा राजकिशोर नगर स्टेट ब्यांक नजिक बस्ने एक जना बिल्डरको छोराले आफैमाथि गोली दागेर आत्महत्या गरेको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर मोस्टमर्टम गर्न पठाइदिएको छ।

ब‍िल्‍डर चित्र सेनका पुत्र संस्कार सिंहले सोमवार बिहान घरमा राखिएको बन्दुकले आफ्नो कन्चिड़ीमा गोली दागेर आत्महत्या गऱ्यो। घटनाको सूचना पाएर सरकण्ड पुल‍िसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। संस्कार सिंहले पछिल्लो दुई वर्षदेखिको मेडिकल प्रवेशको लागि कोचिंग गरिरहेको थियो। आज नै उसलाई भोपाल पुग्नुथियो। यसको एक घण्टा अगाड़ि नै यो घटना घट्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande