इमानदारीको उदाहरण भए बर्मामाइन्स थाना प्रभारी दिलीप यादव, फर्काइदिए 15 लाखको गहना र हीराको ब्याग
इमानदारीको उदाहरण भए बर्मामाइन्स थाना प्रभारी दिलीप यादव, फर्काइदिए 15 लाखको गहना र हीराको ब्याग


पूर्वी सिंहभूम, 29 सेप्टेम्बर (हि.स.)। बर्मामाइन्स थाना प्रभारी दिलीप यादवले सोमवार इमानदारी तथा मानवताको उदाहरण पेश गरे। उनले 15 लाख रुपियाँको सुन र हीराका गहना भएको ब्याग जुन हराएको थियो,- लाई असली मालिकलाई फर्काएर पुलिसको प्रतिष्ठालाई अझ बढ़ाएका छन्। मूल्यवान वस्तुहरू देखेर पनि उनमा लोभ जागेन र उनले पूर्ण जिम्मेवारीको साथमा ब्याग मालिकलाई सुम्पिदिए। यस्तो कार्य गरेकोमा उनको चौतर्फी चर्चा भइरहेको छ। पीड़ित परिवार पनि आफूले गुमाएको लाखौंको सामान पाएर हर्षित भएको छ।

जानकारी अनुसार बिरसानगर निवासी गुरूचरण गोराई गत 26 सेप्टेम्बरमा टेम्पो मार्फत घर फर्किरहेका थिए। यसै अवधि उनको ब्याग ट्यूब कम्पनी गेट नजिक कारणवश झऱ्यो। घटनाको जानकारी पाउनसाथ उनले बर्मामाइन्स थानामा पुगेर यसको रिपोर्ट दर्ता गराए। त्यसपछि थाना प्रभारी दिलीप यादवले तुरून्त जाँच शुरू गरेर कड़ा परिश्रमपछि ब्याग हासिल गर्न सफल भए।

हराएको ब्यागमा एचपी कम्पनीको एउटा ल्यापटप, निकोन कम्पनीको क्यामरा, सुनको हार, हीराका दुईवटा औंठी, सुनको पाँच वटा औंठी, हिरानको कानको रिंग र सुनको लकेट सहित अन्य मूल्यवान गहनाहरू थिए। गुरुचरण गोराईले थाना प्रभारी दिलीप यादवप्रति आभार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande