बोलपुरमा बस दुर्घटनाग्रस्त, एक बालकको मृत्यु 30 घाइते
बोलपुरमा बस दुर्घटनाग्रस्त, एक बालकको मृत्यु 30 घाइते


बीरभूम, 29 सेप्टेम्बर (हि.स.)। सप्तमीको बिहान बोलपुरमा बस पल्टिएर दुर्घटनाग्रस्त भयो जसमा एकजना बालकको मृत्यु भयो भने लगभग 30 जना मानिसहरू गम्भीर रूपमा घाइते भए। दुर्घटना बोलपुर महकुमा अस्पताल नजिकै भएको हो।

जानकारी अनुसार नानूरदेखि बोलपुर तर्फ गइरहेको एउटा बस अचानक पल्टियो। तीव्र गतिमा गुड़िरहेको बसको अगाड़ि एउटा टोटो आयो। टोटोलाई बचाउने हुँदा चालकले नियन्त्रण गुमायो अनि बस पल्टियो।

दुर्घटना भएको तत्कालै स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर फसेका यात्रीहरूलाई बाहिर निकाल्ने चेष्टा गरे। सूचना पाउनसाथ पुलिस पनि घटनास्थलमा पुग्यो अनि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई बोलपुर महकुमा अस्पतालमा पुऱ्यायो। अस्पतालमा पुग्नसाथ चिकित्सकहरूले बालकलाई मृत घोषित गरिदिए। दुर्घटनापछि सड़कमा लामो समयसम्म यातायात बाधित रह्यो। पुलिस र प्रशासनको हस्तक्षेपपछि बिस्तारै सामान्य भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande