देहरादून, 29 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री पुष्कर सिंह धामीले सोमवार मुख्यमन्त्री क्याम्प कार्यालयबाट डा. भीमराव अम्बेडकर समाज कल्याम बहुउदेश्यीय शिविर रथलाई हरियो झण्डा देखाएर प्रस्थान गराए।
यस अवसरमा मुख्यमन्त्री धामीले भने, यो रथले 125 दिनभित्रमा राज्यका विभिन्न ग्रामीण क्षेत्रहरूमा 240 बहुउदेश्यी शिविरहरूको माध्यमबाट गरीब, आवश्यकतामा रहेका एवं वञ्चित वर्गको मानिसहरूसम्म केन्द्र एवं राज्य सरकारका कल्याणकारी योजनाहरूको लाभ पुऱ्याउनेछ। यी शिविरहरूको माध्यमबाट ग्राम पञ्चायत एवं ब्लक स्तरका समस्याहरूलाई घटनास्थलमै समाधान गरिनेछ जसबाट ग्रामीण क्षेत्रका लाभार्थीहरूलाई सोझै लाभ प्राप्त हुनेछ। मुख्यमन्त्रीले सबै जिल्लाधिकारीहरूलाई निर्देशित गरे, शिविरहरूमा जिल्लाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा योजना एवं सेवाहरूलाई तत्काल समाधान सुनिश्चित गरियोस्।
यस अवसरमा समाज कल्याण अनुश्रवण समितिका उपाध्यक्ष देशराज कर्णवाल, माटी कला बोर्डका उपाध्यक्ष शोभाराम प्रजापति, पूर्व विधायक प्रणव च्याम्पियन सहित अन्य जनप्रतिनिधिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा