यौन उत्पीड़नका आरोपी सिभिल सर्जनको हार्ट अट्याकबाट मृत्यु
यौन उत्पीड़नका आरोपी सिभिल सर्जनको हार्ट अट्याकबाट मृत्यु


चण्डीगढ़, 29 सेप्टेम्बर (हि.स.)। हरियाणाको यमुनानगर जिल्लाकी महिला चिकित्सकसित यौन शोषण गर्ने आरोपी सीएमओ डा. मञ्जीत सिंहलाई संदिग्ध परिस्थितिमा मृत्त पाइयो। भनिन्छ, उनलाई कुरूक्षेत्रस्थित फार्म हाउसमा हार्ट अट्याक आयो। डा. सिंहमाथि यमुनानगरकी महिला डाक्टरले यौन शोषण तखा एससी-एसटी एक्ट अन्तर्गत गत 20 सेप्टेम्बरमा मुद्दा दर्ता गराएकी थिइन्। आरोप थियो, सीएमओले फोन गरेर सम्बन्ध बनाउने चाप दिए। लेडी डाक्टरले कल रेकर्ड गरेकी थिइन् जसको आधारमा पुलिसले मुद्दा दर्ता गरायो। त्यसपछि सीएमओको स्थानीय अदालतमा अग्रिम याचिका खारेज भएको थियो।

कुरूक्षेत्र पुलिस प्रवक्ता अनुसार डा. सिंह शान्तिनगरस्थित कुरड़ीको फार्म हाउसमा थिए। गए आइतवार राम्रै सुतेका थिए। कुरूक्षेत्र सिभिल अस्पतालका डाक्टरहरूले उनको मृत्यु भएको पुष्टि गरे। शवलाई पोस्टमर्टम गर्नको लागि राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande