फतेहपुर, 29 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको फतेहपुर जिल्लामा ललौली थाना क्षेत्र अन्तर्गत एउटा घरमा सोमवार शर्ट सर्किट भएर आगो लाग्यो जसको चपेटमा परी एक दम्पत्तिको जिउँदै जलेर मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको फायर ब्रिगेडले आगोलाई नियन्त्रण गऱ्यो अनि स्थानीय पुलिसले कोठाबाट शवहरूलाई निकालेर पोस्टमर्टम गर्न पठाइदियो।
क्षेत्राधिकारी दुर्गेश दीपले बताए, ललौली थाना क्षेत्रस्थित बेनू गाउँमा रामबाबू (45) पत्नी तारावती (42)-सित बस्थे। आज बिहान रामबाबूको घरमा शर्ट सर्किट भएर आगो लाग्यो। आगोले क्षणभरमै विकराल रूप लियो जसले गर्दा दम्पत्ति घरदेखि भाग्न सकेनन्। फोरेन्सिक टीमले पनि घटनास्थलमा पुगेर प्रमाण जुटाइसकेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा