भारतद्वारा मोहसिन नकवीबाट एशिया कप ट्रफी लिन अस्वीकार
भारतद्वारा मोहसिन नकवीबाट एशिया कप ट्रफी लिन अस्वीकार


नयाँ दिल्ली, २९ सेप्टेम्बर (हि.स.)। एशिया कप फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराएर उपाधि जितेपछि पनि भारतले एशियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष तथा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेको छ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको टीम इन्डियाले एशिया कपको उपाधि कीर्तिमानी नौंऔं पटक जितेको छ। तर, खेलपश्चातको प्रस्तुति समारोह विवादमा परेको थियो। पाकिस्तान टोलीले अन्तिम बल फ्याँकिएपछि करिब एक घण्टा समारोह ढिला गर्‍यो। यसबीच नकवी ट्रफी र पदक दिन उपस्थित थिए।

प्रस्तुतकर्ता साइमन डूलले घोषणा गरेका थिए कि नकवीले पाकिस्तान खेलाडीलाई रनर–अप पदक दिनेछन्। तर, उनको सट्टा बंगलादेशका अमिनुल इस्लामले खेलाडीलाई पदक थमाए। नकवीले केवल रनर–अप चेक पाकिस्तान कप्तान सलमान आगालाई मात्र हस्तान्तरण गरे।

त्यसपछि डूलले जानकारी दिए अनुसार, भारतीय खेलाडीहरूले न त पदक लिन सहमति जनाए, न त ट्रफी। यसकारण समारोह तत्काल समाप्त गर्नुपर्‍यो। त्यसपछि भारतीय खेलाडीहरू केवल च्याम्पियन ब्यानरसहित उत्सव मनाउँदै देखिए।

उल्लेखनीय छ , फाइनल खेलअघि नै मिडिया रिपोर्टहरूमा दाबी गरिएको थियो कि भारतीय टोलीले पाकिस्तान बोर्ड प्रमुखसँग ट्रफी लिन अस्वीकार गर्नेछ। प्रतियोगिता अवधिभर पनि भारतीय खेलाडीहरूले पाकिस्तान खेलाडीहरूसँग खेलपछि हात मिलाएनन्। यहाँसम्म कि सूर्यकुमार यादवले टसको समयमा पाकिस्तानी कप्तान सलमानलाई अभिवादन समेत गरेका थिएनन्। फाइनलपछि तिलक वर्मा र रिंकु सिंहले पनि हात मिलाउनबाट टाढै रहे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande