खरसाङमा वैज्ञानिक डा एकलव्य शर्मालाई अभिनन्दन
खरसाङ फूलपाति शोभायात्रा


खरसाङ, 29 सेप्टेम्बर (हि.स.)। खरसाङमा आयोजित फूलपाती शोभायात्रा एवं सम्बर्द्धना कार्यक्रममा खरसाङका सुपुत्र एवं पद्यश्री प्रापक डा एकलव्य शर्मालाई अभिनन्दन जनाइएको छ। फूलपाती शोभायात्रा खरसाङको सुपर मार्केटस्थित सार्वजनिक भवनमा आएर सम्बर्द्धना किर्यक्रममा परिणत भएको थियो।‌ यस कार्यक्रमलाई सबिना गिरीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण फूलपाती शोभायात्रा आयोजक समितिको सचिव एवं खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले राखेका थिए।

यसै अवसरमा खरसाङका सुपुत्र एवं भारतको चौथो सबैभन्दा ठूलो पुरस्कार पद्यश्री प्रापक वैज्ञानिक डा एकलव्य शर्मालाई खरसाङको तर्फबाट अभिनन्दन जनाइयो। यस अवसरमा उनको अभिनन्दन पत्र सबिना गिरीले पठन गरेकी थिइन्।‌ उनलाई पूर्व सांसद शान्ता छेत्री, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ पञ्चायत समितिका सभापति अनु छेत्री, वरिष्ठ साहित्यकार पूर्ण गुरुङ 'निरुपम' आदिको बाहुलीबाट खदार्पणसहित जातीय टोपी पहिराएर, शल ओढाएर साथै सम्बर्द्धना पत्र र स्मृति चिन्ह प्रदान गरेर अभिनन्दन जनाइयो।

अभिनन्दनपछि आफ्नो सम्बोधनमा डा एकलव्य शर्माले आफुलाई धेरै स्थानहरुमा सम्मान जनाइएको भए पनि आफ्नै ठाउँमा यसरी सम्मानित हुन पाउँदा खुशी लागेको बताए। उनले यो खुशी आफुले पद्मश्री पाउॅंदाको जत्तिकै खुशी रहेको बताए। यसै कार्यक्रममा फूलपाती शोभायात्रामा‌ सहभागी खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई पनि सम्मान जनाइएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande