पश्चिम मेदिनीपुर, 29 सेप्टेम्बर (हि. स.)। जिल्लाको दाँतन थाना क्षेत्रस्थित बामनदाबाट एक सनसनीपूर्ण घटना सामु आएको छ। सोमवार एक जना विवाहिताको शव ससुरालीमा घरभित्रै फाँसीमा झुण्डिरहेको अवस्थामा भेटियो। मृत महिलाको पहिचान उमा पड़िया (21)-को रूपमा भएको छ जो दाँतन थाना अन्तर्गत कड़िया क्षेत्र निवासी थिइन्।
मृत महिलाको माइती पक्षले ससुरालीमाथि गम्भीर आरोप लगाएको छ। परिवारको भनाइ छ, उमाको विवाह लगभग डेढ़ वर्ष पूर्व बामनदा क्षेत्रका युवकसित भएको थियो जो नोकरीको सिलसिलामा लामो समयदेखिकै बाहिर बस्दै आएको छ। विवाह गरेदेखि नै ससुरालीले दाइजोको मागमा उमालाई मानसिक तथा शारीरिक प्रताड़ना गर्दै आएको थियो।
घटनाको जानकारी पाउनसाथ दाँतन पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो। पुलिसको भनाइ छ, मृत्युको सही कारण पोस्टमर्टम रिपोर्ट आएपछि मात्र पत्तो लाग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा