मिरजापुर, 29 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको मिरजापुर जिल्ला अन्तर्गत लालगञ्ज थाना क्षेत्रमा गए आइतवार राति संदिग्ध परिस्थितिमा नाबालिकाको मृत्यु भयो। परिवारले सर्पले डसेको कारण मृत्यु भएको आशंका व्यक्त गरिरहेको भए पनि पुलिसलाई सूचना नदिई शवको दाहसंस्कार गरियो।
लालगञ्ज थाना प्रभारीले सोमवार बताए, कोलकम गाउँको कपर बथुआ टोल निवासी मुकेश कोलकी छोरी अञ्जु कोल (16) आइतवार राति खाना खाइसकेपछि सुतिन्। यसै अवधि विषालु जन्तुले उसलाई टोक्यो। परिवारले समस्या के हो बुझ्नअघि नै अञ्जुको मृत्यु भयो। परिवारले बतायो, मृतका चार जना भाइ-बहिनीमा सबैभन्दा जेठी थिई जो सावित्री बाई फुले इन्टर कालेजमा कक्षा 11औंकी छात्रा थिई।
थाना प्रभारीले बताए, परिवारले पुलिसलाई खबर नदिई शवको दाह संस्कार गरिसकेको छ। यदि कुनै रिपोर्ट दर्ता गराए त्यसैको आधारमा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा