ओडिशाका मुख्यमन्त्रीले शिरीष चन्द्र मुर्मूलाई आरबीआईका डिप्टी गवर्नर नियुक्त भएकोमा दिए बधाई
ओडिशाका मुख्यमन्त्रीले शिरीष चन्द्र मुर्मूलाई आरबीआईका डिप्टी गवर्नर नियुक्त भएकोमा दिए बधाई


भुवनेश्वर, 29 सेप्टेम्बर (हि.स.)। ओडिशाका मुख्यमन्त्री मोहन माझीले भारतीय रिजर्भ ब्यांकका डिप्टी गवर्नरको रूपमा नियुक्ति भएकोमा शिरीष चन्द्र मुर्मूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, एक जना योग्य ओडिया देशको सर्वोच्च ब्यांकमा यस्तो महत्वपूर्ण पदमा आसिन हुनु भनेको हामी सबैको लागि गर्व अनि सम्मानको कुरा हो। उनले विश्वास व्यक्त गरे, आरबीआईको कार्यकारी निदेशकको रूपमा मुर्मूको लामो अनुभव अनि कार्यकुशलता देशको वित्तीय व्यवस्थालाई अझ सुदृढ़ बनाउनमा सहायक साबित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande