हरिद्वार, 29 सेप्टेम्बर (हि.स.)। बितेको अबेर राति एउटा द्रूत गतिको कारले एक जना व्यक्तिलाई ठक्कर दियो जसले गर्दा व्यक्तिको मृत्यु भयो। घटनालाई परिणाम दिएपछि कार चालक भाग्यो।
जानकारी मुताविक कलियर थाना क्षेत्रको मेहवड खुर्द उपनाम नागल, निवासी इकराम उमेर 40 अबेर राति मेहवड पुलबाट पैदल हिँड़ेर आफ्नो घर गइरहेका थिए। मेहवड नजिक पुगेपछि एउटा तीव्र गतिको कारले उसलाई ठक्कर दियो जसमा उसको घटनास्थलमै मृत्यु भयो। घटनापछि कार चालक भाग्यो।
सूचना पाउनसाथ घटनास्थलमा एकत्र भएका मानिसहरूले पुलिसलाई जानकारी दिए। घटनास्थलमा पुगेर पुलिसले शवलाई कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि सिभिल अस्पतालमा पठाइदियो। घटनाको कारण परिवार अनि ग्रामीणहरूमा आक्रोश व्याप्त भएको छ।
थानाध्यक्ष रविन्द्र कुमारले बताए, मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। कार चालकलाई खोजिँदैछ। परिवारको पक्षबाट रिपोर्ट दर्ता गरी कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा