राज्यसभा सांसद हर्षवर्धन श्रृङलाद्वारा दार्जिलिङ हिमालयन रेलवे सङ्ग्रहालय, निर्देशक कार्यालय खरसाङको भ्रमण
Rajya sabha mp


खरसाङ, 29सेप्टेम्बर (हि.स.)। ‎राज्यसभा सांसद हर्षवर्धन श्रृङलाले आज स्टेशन महोत्सवको अवसरमा दार्जिलिङ हिमालयन रेलवे सङ्ग्रहालय, निर्देशक कार्यालय खरसाङको भ्रमण गरेका छन्। ‎यस अवसरमा दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरीले उनलाई स्वागत गर्दै सङ्ग्रहालयको अवलोकन गराए।

कार्यक्रम अन्तर्गत श्रृङलाले टुङ स्टेशनमा नयाँ बोर्डको उद्घाटन गरेका छन्। ‎त्यसैगरी, विभिन्न स्टेशन महोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी बालबालिकाहरुलाई पुरस्कार पनि वितरण गरे। कार्यक्रममा बालबालिकाहरुले परम्परागत नृत्य प्रस्तुत गरेर वातावरणलाई अझै रमाइलो बनाएका थिए।

‎‎कार्यक्रमलाई सम्बोधन गर्दै राज्यसभा सांसद हर्षवर्ध्दन श्रृङलाले दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी तथा सम्पूर्ण टोलीलाई सफल कार्यक्रमको लागि धन्यवाद ज्ञापन गरे। उनले दार्जिलिङ हिमालयन रेलवेको संरक्षण, प्रवर्द्धन र पर्यटनको प्रगतिका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande