पटना, 29 सेप्टेम्बर (हि.स.)। दुर्गापूजालाई लिएर विशेष समकालीन अभियान एवं विधि व्यवस्थालाई कायम राख्ने ध्येयले सोनपुर थाना पुलिसद्वारा गरिएको गस्ती अवधि अवैध हतियार सहित एकजना युवकलाई पक्राउ गरियो।
सोनपुर थाना पुलिस टीमद्वारा ग्राम परवेजाबादस्थित शिवमन्दिर नजिक सूचनाको आधारमा छापामारी गरियो। छापामारीमा पुलिस टीमलाई देखेर केही युवकहरू भाग्न थाले, तर एकजना युवक पुलिसको घेराबन्दीमा पऱ्यो जसको पहिचान बादल कुमार, पिता-मन्टू राय, ग्राम-परवेजाबाद, थाना-सोनपुर, जिल्ला-सारणको रूपमा भएको छ-को कब्जाबाट एउटा अवैध देशी बन्दुक जफत गरियो।
यस सम्बन्धमा अभियुक्त बादल कुमारलाई विधिवत पक्राउ गरी उविरूद्घ तथा सहअभियुक्त धनेश कुमार रायविरूद्ध सोनपुर थानाकाण्ड सं0-971/25, दिनांक-28.09.25, धारा-25(1-बी) ए/26/35 आर्म्स एक्ट दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा