नोएडा जिल्ला अस्तालबाट किशोरी बेपत्ता, खोजीमा जुट्यो पुलिस
नोएडा जिल्ला अस्तालबाट किशोरी बेपत्ता, खोजीमा जुट्यो पुलिस


गौतमबुद्ध नगर, 29 सेप्टेम्बर (हि.स.)। नोएडाको थाना सेक्टर 39- मा एकजना महिलाले रिपोर्ट दर्ता गराएकी छन्, जिल्ला अस्पतालमा तिनी अल्ट्रासाउण्ड गराउन गएकी थिइन् जहाँबाट तिनकी एघार वर्षीय छोरी बेपत्ता भएको छ।

थाना सेक्टर 39- का प्रभारी जितेन्द्र कुमार सिंहले सोमवार बताए, सलारपुर गाउँ निवासी विनीता पत्नी कुलदीपले गए आइतवार राती थानामा सिकायत दर्ता गराइन् कि तिनी गत शनिवार सेक्टर 39स्थित जिल्ला अस्पतालमा आफ्नी एघार वर्षीय छोरीसित अल्ट्रासाउण्ड गराउन गएकी थिइन्। अस्पतालमा छोरीलाई एउटा बेञ्चमा बसाएर आफू अल्ट्रासाउण्ड गराउन गइन्। अल्ट्रासाउण्ड गराएर बाहिर आउँदा छोरी बेञ्चमा थिइन। उनीहरूले छोरीलाई सबैतिर खोजे, तर कतै पत्तो लागेन। पीड़ित महिला अनुसार छोरीसित एउटा मोबाइल फोन पनि थियो। यस सम्बन्धमा रिपोर्ट दर्ता गरी पुलिसका केही टीमहरूलाई उक्त किशोरीको खोजीमा खटाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande