मुकुन्दपुर फ्लाइओभरमा सड़क दुर्घटना, एउटै परिवारका तीन सदस्यको मृत्यु
मुकुन्दपुर फ्लाइओभरमा सड़क दुर्घटना, एउटै परिवारका तीन सदस्यको मृत्यु


नयाँ दिल्ली, 29 सेप्टेम्बर (हि.स.)। उत्तर-पश्चिम दिल्लीको मुकुन्दपुर फ्लाइओभरमा गए आइतवार अबेर राति भएको सड़क दुर्घटनामा तीन जना मानिसहरूको मृत्यु भयो। मृतकहरू सबै एउटै परिवारका थिए- हजुरबुवा, पिता र नाती। पुलिसको मान्यतामा यो हिट एण्ड रनको मामिला हो।

उत्तर -पश्चिमी जिल्लाका पुलिस उपायुक्त भीष्म सिंहले बताए, गए आइतवार आधा राति लगभग 12:05 बजी पीसीआर कलमा दुर्घटना भएको सूचना प्राप्त भयो। घटनास्थलमा पुगेर पुलिसले देख्यो, आउटर रिंग रोडमा मोटरसाइकल सवार तीनजना मानिसहरू मृत अवस्थामा लड़िरहेका छन्। जाँचमा थाहा लाग्यो, कुनै अज्ञात वाहनले मोटरसाइकललाई ठक्कर दिएर भाग्यो।

पुलिस उपायुक्त अनुसार मृतकहरूको पहिचान शाहिद (60), फैज़ (28) औ हामजा (12)-को रूपमा भएको छ जो गल्ली नम्बर-8, नर्थ गोण्डा निवासी हुन्। उनले भने, घटनास्थलमा कुनै सीसीटीभी क्यामरा थिएन न त प्रत्यक्षदर्शी नै थियो। हाल पुलिसले वरपरका क्षेत्र तथा सम्पूर्ण रूटको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ ताकि वाहन सम्बन्धि कुनै जानकारी हात लाग्न सकोस्। यस मामिलामा जहाँगीरपुरी थाना पुलिसले मुद्दा दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande