मुम्बई, 29 सेप्टेम्बर (हि. स.)। भातसा बाँध क्षेत्रमा घना वर्षा भएको कारण ठाणे नगरनिगमको पिसे पम्पिंग स्टेशनमा नदी तलमा प्रचुर मात्रामा हिलोलेदो, मैला-कुचैला तथा रूखका हाँगाहरू जमा भएको छ। यसले गर्दा पछिल्लो दुई दिनदेखिको पूर्ण क्षमता लगाएर पम्पिंग गर्न गाह्रो भिरहेको छ। साथै पानीमा अत्यधिक फोहोर मिसिएको कारण शुद्धिकरण प्रक्रिया पनि प्रभावित भइरहेको छ। यी सबै कारणहरूले गर्दा ठाणे नगरनिगम क्षेत्रमा पानीको आपूर्ति कम भइरहेको छ। त्यसैले आह्वान गरिएको छ, नागरिकहरूले ध्यान दिउन् कि मंगलवारसम्म नागरिकहरूलाई अपर्याप्त तथा अनियमित जलापूर्ति हुनेछ। अर्कोति पिसेस्थित पम्पको चाल्नीबाट फोहोर मैलाहरूलाई सफा गर्नको लागि युद्धस्तरमा काम भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा