नशामुक्ति केन्द्रमा भर्ती युवकको संदिग्ध परिस्थितिमा मृत्यु
नशामुक्ति केन्द्रमा भर्ती युवकको संदिग्ध परिस्थितिमा मृत्यु


गौतमबुद्ध नगर, 29 सेप्टेम्बर (हि.स.)। नोएडाको थाना सेक्टर 113 क्षेत्रस्थित नशामुक्ति केन्द्रमा भर्ती एकजना युवकको संदिग्ध परिस्थितिमा मृत्यु भएको छ। मृतकलाई नशामुक्ति केन्द्रको पक्षबाट उपचारको निम्ति जिल्ला अस्पतालमा भर्ती गरिएको थियो।

थाना सेक्टर 113 का प्रभारी कृष्ण गोपाल शर्माले साेमवार बताए, राजेश (22)-लाई सेक्टर- 122 स्थित एक नशामुक्ति केन्द्रमा भर्ती गरिएको थियो। गए आइतवार राजेशको स्वास्थ्य खराब भयो जसले गर्दा उसलाई सेक्टर -39स्थित जिल्ला अस्पतालमा भर्ती गरिएको थियो जहाँ उपचारको क्रममा उसको मृत्यु भयो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

थाना प्रभारीले बताए, मृतकको परिवारलाई घटनाको सूचना दिइएको छ। यदि उनीहरूले यस मामिलामा कुनै सिकायत गरे रिपोर्ट दर्ता गरी मामिलाको जाँच गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande