तीनधारेका साहित्यकार, पत्रकार र वरिष्ठ उदघोषक युवराज सुन्दासलाई सम्बर्द्धना
Yuvaraj sundas felicitated


खरसाङ 29 सेप्टेम्बर (हि.स.)। तीनधारे क्षेत्रका कवि, साहित्यकार, वरिष्ठ उदघोषक, शिक्षक एवं पत्रकार युवराज सुन्दासलाई घैयाबरी ग्राम पञ्चायत दुई तीनधारे स्तरीय फूलपाती शोभायात्रा र नृत्य प्रतियोगिता आयोजक‌ समितिको तर्फबाट सम्वर्द्धना जनाइएको हाे।यस अवसरमा उनलाई सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, अनिल राई र अन्यको बाहुलीबाट खदार्पणसहित जातीय टोपी पहिराएर अनि शल ओढाएर साथै स्मृति चिन्ह र सम्वर्द्धना पत्र प्रदान गरेर सम्वर्द्धना जनाइयाे। साहित्यकार युवराज सुन्दासले लामो समयदेखि तीनधारेलाई प्रतिनिधित्व गर्दै भारतीय नेपाली साहित्यमा चारवटा साहित्यिक कृतिहरु दिइसकेका छन्।‌ उनका कृतिहरुमा 'शब्द यात्रा' (कविता संग्रह), 'सरोकार' (विविध लेखहरुको संग्रह), 'प्रश्नोत्तरमाला'(अन्तर्वार्ता संग्रह), 'पेण्डुलम' (कविता संग्रह) आदि प्रकाशित छन्। त्यसरी नै उनले लामो समयदेखि उद्घोषकको रुपमा विशिष्ट योगदान दिॅंदै आएका छन्। उनले 'ख्यातिप्राप्त म्युजिक तीनधारेको उद्घोषकको रुपमा विभिन्न स्थानहरुमा विशिष्ट कलाकारहरुका कार्यक्रममा उद्घोषणा गरेर तीनधारेलाई गौरवान्वित तुल्याएका छन्।‌ यसका साथै उनले शिक्षकको रूपमा पनि लामो समयदेखि समाजलाई उन्नति र उज्यालोतर्फ लैजाने कार्य निरन्तर गरिरहेका छन्। उनले विभिन्न नाटकहरु र फिल्महरुमा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन्। यस अतिरिक्त, उनी तीनधारेको शैक्षिक, सामाजिक, साहित्यिक, सांगीतिक, खेलकूद साथै अन्य विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै युवा पुस्तालाई अघि बढाउने कार्यमा पनि सक्रिय छन्।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande