दुई गौ तस्कर भिड़न्तमा पक्राउ
दुई गौ तस्कर भिड़न्तमा पक्राउ


बागपत, 29 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको बागपत जिल्लामा पुलिस भिड़न्तमा बड़ोत कोतवाली पुलिसले दुई गौ तस्करलाई पक्राउ गरेको छ। दुवै गौ तस्कर दिल्लीका बासिन्दा हुन्, जसदेखि पेस्तोल, कारतूस, छुरी र एक गाड़ी जफत गरिएको छ। भिड़न्तको यो घटना अलावलपुर अण्डरपास बड़ोत कोतवाली क्षेत्रमा भएको हो।

बडौत कोतवाली प्रभारी मनोज चहलले बताए, पुलिसले आइतवार राति चेकिङ गरिरहेको थियो। चेकिङमा टाटा पंच गाड़ीमा केही संदिग्ध मानिसहरू देखिए। पुलिसले गाड़ीलाई रोक्दा उनीहरूले पुलिसमाथि नै गोलीबारी गरे। जवाबी गोलीबारीमा दुई जनालाई पक्राउ गरियो। चेकिङमा पुलिसलाई उनीहरूदेखि पेस्तोल, कारतूस, छुरी र पशु काट्ने हतियार फेला पऱ्यो। सोधपुछमा दुवै युवकले बताए, रातको अऩ्धकारको फायदा उठाएर उनीहरू घुमिरहेका गाईहरूलाई लक्षित गर्थे र अवैध रूपले काँटेर गाड़ीमा हालेर लैजानेगर्थे। दुवै आऱोपी दिल्ली इन्द्रलोकको निवासी हुन्। जसको नाम फाजिल पुत्र तालिब र दानिश पुत्र चाँद हो।

दुवै आरोपी विरूद्ध बड़ोत कोतवाली पुलिसले गौ तस्करी र अवैध कटान सम्बन्धी पशु क्रूरता अधिनियम सहित धेरै धाराहरूमा मुद्दा दर्ता गरी कानूनी कारबाही गर्दै दुवैलाई थुनामा पारेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande