बेङ्गलोर, 29 सेप्टेम्बर (हि.स.)। सीसीबी पुलिसले बेङ्गलुरू शहरमा ड्रग्स बेच्ने दुई नाइजेरियाई नागरिकहरूलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूदेखि 7.80 करोड़ रूपियाँको ड्रग्स जफत गरिएको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान केविन रोजर र थमस नवीद चीमको रूपमा गरिएको छ।
बेङ्गलुरूमा शहरका पुलिस आयुक्त सीमान्त कुमार सिंहले बताए, आरोपीहरूले दिल्ली र मुम्बईबाट ड्रग्स ल्याएर तकनीकी विशेषज्ञहरू र छात्रहरूलाई बेचर्नेगर्थे। यिनीहरूले अज्ञात ठाउँहरूमा ड्रग्सको प्याकेट छोड्नेगर्थे, लोकेश बताउँथे औं अनलाईन पैसा लिन्थे। पक्रा पर्नेहरू विरूद्ध बेङ्गलुरु सीसीबी र महादेवपुरा पुलिस स्टेशनमा अलग-अलग मामिला दर्ता गरिएको छ।
उनले बताए, दुवैदेखि 3.8 किलो एमडीएमए क्रिस्टल, एमडीएमए ब्राउन र सेतो ड्रग्स, 42 ग्रामको 82 एक्स्टसी गोली, 23 किलोग्राम मारिजुआना र 482 ग्राम हाइड्रो मारिजुआना जफत गरियो। दुवै बेङ्गलुरुको हेब्बागोडीमा बसिरहेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी