गान्तोक, 29 सेप्टेम्बर (हि.स.)। राजधानीको छ माइल आधारित प्रगति सोशल क्लबद्वारा स्थानीय दुर्गा मन्दिरमा दुर्गा पूजा आयोजना भइरहेको छ। यस क्रममा आज क्लबले फूलपाति शोभा यात्रा आयोजना गऱ्यो। शोभायात्रामा क्लबक सदस्यहरूका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी बनेका थिए।
दुर्गा मन्दिरबाट निकालिएको भव्य शोभायात्राले पॉंच माइलस्थित सरस्वती मन्दिरको परिक्रमा गरेको थियो। शोभायात्रामा सहभागी बनेका श्रद्धालुहरूले दुर्गा माताको जयकर गर्दै भजन-किर्तन गरे। क्लबका अध्यक्षले पॉंच दशदेखि शोभायात्रा आयोजना भइरहेको बताए। उनले यो शोभायात्राको माध्यमद्वारा एकता र भाइचाराको सन्देश दिने प्रयास पनि गरिएको बताए।
हिन्दुस्थान समाचार / बिशाल