समाजसेवी राजू मंगोड़ी वाला अग्र गौरव-द्वारा सम्मानित
समाजसेवी राजू मंगोड़ी वाला अग्र गौरव-द्वारा सम्मानित


जयपुर, 29 सेप्टेम्बर (हि.स.)। श्री अग्रवाल समाज समिति जयपुरको पक्षबाट वरिष्ठ समाजसेवी तथा जयपुर ज्वैलर एसोसिएशनका उपाध्यक्ष राजू मंगोड़ीवालाको देश-विदेशमा सामाजिक, व्यापारिक एवं धार्मिक कार्यहरू गरेर समाजलाई गौरवान्वित तुल्याएकोमा अग्र गौरव सम्मानद्वारा सम्मानित गरियो।

अग्रवाल कलेज प्रांगणको अडिटोरियममा आयोजित कार्यक्रममा अध्यक्ष शिक्षाविद् ओपी अग्रवाल एवं वरिष्ठ समाजसेवीहरूको उपस्थितिमा मंगोड़ी वालालाई सार्वभौमिक एवं सर्वाङ्गीण कार्यहरूको प्रतीक बताउँदै भने, मंगोड़ी वालाले आफ्नो कुशल व्यवहार अनि कार्यशैलीले जयपुरमा सेवा कार्य तथा व्यापारिक हितहरूको भावनाले विशिष्ट पहिचान बनाए जसबाट ज्वैलर्स एसोसिएशनमा लगातार दुई पटक ऐतिहासिक जीतले समाजलाई सिरमौर बनाए।

यस अवसरमा राजू गोड़ी वालाले समाजप्रति आभार व्यक्त गर्दै भने, तपाईहरू सबैको आशीर्वाद र सहयोगले उनलाई प्रेरित गरिरहनेछ। समाजका सबै कार्यक्रमहरूमा अधिकभन्दा अधिक जन सहभागिताको आवश्यकता पर्छ। समाजको उत्थानको लागि आपसी प्रेम, भाइचाराको भावना अनि ऐक्यवद्धता अत्यन्त आवश्यक हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande