गौतमबुद्ध नगर, 29 सेप्टेम्बर (हि.स.)। थाना दनकौर क्षेत्रको बिलासपुर निवासी पुश व्यापारी मोहम्मद कुरैशीको सात दिन अगाड़ी भएको हत्या मामिलामा पुलिसले एक आरोपीलाई आज पक्राउ गऱ्यो। पुलिस अनुसार, यो हत्या पैसाको लेनदेनको कारण भएको थियो।
अपर पुलिस उपायुक्त सुधीर कुमारले बताए, एक सूचनाको आधारमा सोमवार थाना दनकौर पुलिसले ग्राम अटाई निवासी अवनीशलाई पक्राउ गरेको छ। अवनीशदेखि पुलिसले हत्यामा प्रयोग गरिएको एउटा छूरी, मृतकको मोबाइल फोन, जुत्ता, लुगा तथा मृतकबाट लुटिएको 45 हजार रूपियाँ नगदी पनि जफत गरेको छ। पशु व्यापारी र आरोपीमा पैसालाई लिएर विवाद चलिरहेको थियो।
घटना भएको दिन आरोपीले पशु व्यापारीलाई पैसा लिएर बोलायो। व्यापारी पनि 70 हजार रूपियाँ लिएर मोटरसाइकलमा आऱोपी कहाँ पुग्यो, तब उसले चक्कुले हमला गरी व्यापारीको हत्या गऱ्यो र व्यापारीको 70 हजार रूपियाँ, मोबाइल फोन, आदि लुट्यो।
उनले बताए, आरोपीलाई आज न्यायालयमा पेश गरिएको छ। यस मामिलामा पशु व्यापारीका परिजनहरूले केही मानिसहरू विरूद्ध मुद्दा दर्ता गराएका छन्। अहिलेसम्मको जाँचमा यस घटनामा उसको भूमिका पाइएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी