सुकमा, 03 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को सुकमामा 20 नक्सलीले आत्मसमर्पण गरेका छन्। यसमा 9 महिला र 11 पुरूष नक्सली सामेल छन्। आत्मसमर्पण गर्नेहरूमा एक पीएलजीए बटालियन (माओवादी संगठन) को सक्रिय हार्डकोर महिला नक्सली पनि सामेल छ। यी सबैमाथि कूल 33 लाख रूपियाँको पुरस्कार घोषित थियो। यसमा दुई नक्सलीमाथि 08-08 लाख, एक नक्सलीमाथि 05 लाख, चार नक्सलीहरूमाथि 02-02 लाख एवं अन्य 04 नक्सलीमाथि 01-01 लाख रूपियाँको पुरस्कार घोषित थियो।
सुकमा पुलिस अधीक्षक कार्यालयद्वारा दिइएको जानकारी अनुसार, छत्तीसगढ़ शासनको “छत्तीसगढ़ नक्सलवादी आत्मसमर्पण पुनर्वास नीति” एवं “नियद नेल्ला नार” योजनाबाट प्रभावित भएर तथा अति संवेदनशील भित्री क्षेत्रहरूमा लगातार क्याम्प स्थापित भएकोले पुलिसको बढ्दो प्रभाव र नक्सल हिंसाले वाक्क भएर यी नक्सलीहरूले आत्मसमर्पण गरेका छन्। नक्सलीहरूले पुलिस अधीक्षक कार्यालय सुकमामा एसपी किरण चव्हाण, डीआईजी अफिस सुकमा द्वितीय कमान अधिकारी सुरेश सिंह पायल, एएसपी अभिषेक वर्मा, एएसपी नक्सल अप्स मनीष रात्रे, एसडीओपी परमेश्वर तिलकवार समक्ष बिना हतियारको आत्मसमर्पण गरेका छन्।
नक्सलीहरूलाई आत्म ससमर्पणको निम्ति प्रोत्साहित गराउनमा जिल्ला बल, डीआरजी सुकमा, इन्टेरोगेशन सेल, आसूचना शाखा, रेञ्ज फिल्ड टीम (आरएफटी) कोन्टा, सीआरपीएफ 111, 217, 218, 226 वाहिनी एवं कोबरा 203 वाहिनीको सूचना शाखा कार्मीहरूको विशेष भूमिका रहेको छ। सबै आत्मसमर्पित नक्सलीहरूलाई शासनको नवीन पुनर्वास नीति छत्तीसगढ़ नक्सलवादी आत्मसमर्पण पुनर्वास नीति -2025 अन्तर्गत 50-50 हजार रूपियाँको मानले प्रोत्साहन राशि एवं अन्य सुविधाहरू प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी