कूचबिहार, 03 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा कूचबिहारको घोक्साडांगामा पुलिसले दुई महिला तस्कर समेत चार जनालाई पक्राउ गरी 24 किलो गांजा जफत गर्नमा सफलता प्राप्त गरेको छ।
माथाभांगाका अतिरिक्त पुलिस अधीक्षक संदीप गरईले बताए, घोक्साडांगा पुलिसले मंगलवार अबेर राति माथाभांगा-2 को पारडुबी ग्राम पञ्चायतको मटियार कुठी निवासी श्यामल सरकारको घरमा छापा मारेर चार प्याकेटमा लगभग 24 किलो गांजा जफत गऱ्यो। यस अवधि दुई महिला सहित चार जनालाई पक्राउ गरिएको छ। पक्रा परेका आरोपीहरूको नाम तापसी रोय, मामनी बर्मन, देव सरकार र रिपन सरकार बताइएको छ।
अतिरिक्त पुलिस अधीक्षकले बताए, पक्रा पर्नेहरू विरूद्ध सम्बन्धित धाराहरूमा मामिला दर्ता गरिएको छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी