मुख्यमन्त्री रेखा गुप्ताले गरिन् जनसुनवाई, समस्याहरूको समाधान गर्ने निर्देश दिइन्
मुख्यमन्त्री रेखा गुप्ताले गरिन् जनसुनवाई, समस्याहरूको समाधान गर्ने निर्देश दिइन्


नयाँ दिल्ली, 3 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले बुधवार राजधानीका विभिन्न भागहरूबाट मुख्यमन्त्री जनसेवा सदनमा पुगेका मानिसहरूको समस्याहरूलाई सुनिन्। मुख्यमन्त्रीले सम्बन्धित विभागीय अधिकारीहरूलाई हरेक समस्याको यथाशीघ्र समाधान सुनिश्चित गर्ने निर्देश दिइन्। मुख्यमन्त्रीले यस आशयको जानकारी सोशल मीडिया एक्स अकाउण्टमा साझा गरिन्।

मुख्यमन्त्रीले पोस्ट गर्दै भनिन्, “जनतासितको सम्वादले मलाई सदैव नयाँ ऊर्जा दिन्छ साथै सेवाप्रति समर्पणलाई अझ गहिरो बनाउँछ। जनसुनवाई सेवाको नयाँ संस्कार हो। यहाँ हरेक नागरिकको आवाज सुनिन्छ अनि हरेक सुझाउ दिल्लीको विकासको लागि पथप्रदर्शक बन्दछ।” उनले भनिन्, जनसेवालाई सर्वोच्च प्राथमिकता तथा हरेक नागरिकलाई तत्काल समाधान दिनु नै दिल्ली सरकारको संकल्प हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande