अर्जुन भोगेश्वर बरूवाको जन्मदिमा मुख्यमन्त्रीले दिए शुभकामना
अर्जुन भोगेश्वर बरूवाको जन्मदिमा मुख्यमन्त्रीले दिए शुभकामना


- राज्य खेल दिवसको रूपमा मनाइयो यस दिनलाई

गुवाहाटी (असम), 03 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार प्रख्यात खेलाड़ी एवं राज्यका पहिलो अर्जुन पुरस्कार विजेता भोगेस्वर बरूवालाई जन्मदिनको हार्दिक शुभकामना दिए।

मुख्यमन्त्रीले भने, बरूवा एकजना प्रेरणाश्रोत एवं आदर्श व्यक्तित्व हुन् जसको जीवनले आज पनि नयाँ पिँढ़ीहरूलाई प्रोत्साहित गर्दछ। उनले उल्लेख गरे, राज्य सरकारले उनको जन्मदिनलाई राज्य खेल दिवसको रूपमा मनाउँछ।

यस अवसरमा डा. सरमाले असमका सबै खेलाड़ीहरूलाई शुभकामना दिँदै आशा व्यक्त गरे, उनीहरूले यस महान खेलाड़ीका आदर्शहरूबाट प्रेरित भएर दृढ़ संकल्प लिएर अगाड़ि बढ़्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande